ठडिन थाले वसन्तपुर क्षेत्रका सम्पदा



काठमाडौं : हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा क्षेत्रको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ । विश्व सम्पदा सूचीमा रहेको यस क्षेत्रका सबै सम्पदालाई २०७२ को विनाशकारी भूकम्पले कुनै न कुनै रूपमा क्षति पु-याएको थियो ।

मुख्य पर्यटकीय आकर्षण रहेको हुनाले यस क्षेत्रका सम्पदाको भग्नावशेषले कुरूप देखिएकोप्रति सबैले चासो दिँदै आए पनि कतिपय सम्पदा पुनर्निर्माणमा ढिलाइ भइरहेको छ ।

दरबार क्षेत्रका सम्पदाहरू बिस्तारै ठडिन थालेका छन् । केही सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको छ भने केही बन्दैछन् । केही पुनःनिर्माण र प्रबलीकरणका लागि प्रक्रियामा जाने तयारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्