प्रदेश नं २ मा आइतबार सार्वजनिक बिदा


जनकपुरधाम : प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो ।

मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

“जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद

काठमाडौं : सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय

काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा भएको सडक ढलान ३ दिन नवित्दै

काठमाडौं : करिब दश महिनादेखि शुरु भएको निजामति कर्मचारी विधेयकले अझै पूर्णता पाउन सकेको छैन

एजेन्सी :अमेरिकी अभिनेत्री एनाबेला सिओराले हार्वी वाइन्स्टिनले आफूमाथि निर्दयी तवरले बलात्कार गरेको बताएकी छन्। वाइन्स्टिनमाथि

काठमाडौं : बिहिबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित

जनकपुरधाम : प्रदेश दुईमा भएको राष्टियसभा निर्वाचनमा नेकपा राजपा गठबन्धनको बर्चस्वता देखिएको छ । निर्वाचनमा

काठमाडौं : सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा

जनकपुर : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका राधेश्याम

विराटनगर : मुस्लिम धर्मको धार्मिक विद्यालयका प्राध्यानाध्यापकलाई आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

पोखरा : एन्फाका कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेको मुद्दामा पक्राउ पुर्जी जारी