यसरी फोरममा प्रदेश गरेका थिए पप्पु कन्स्ट्रक्सनका मालिक



वीरगन्ज: टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गर्‍यो । सुमितको नाममा पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणाधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायण रौनियारको हस्ताक्षर छ ।

 

सुमित हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन बितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरियामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

 

चुनावी अभियानका क्रममा प्रतिस्पर्धीले रौनियारलाई पप्पु कन्स्ट्रक्सनको सञ्चालकका रूपमा कुप्रचार गर्न थालेपछि उनले छोरा सुमितलाई कागजी सञ्चालक बनाएका थिए । त्यसैको आधारमा रौतहट प्रहरीले उक्त दुर्घटनापछि सुमितलाई सोधपुछका लागि बोलाएको हो । गत भदौ ९ गते रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

 

कागजी रूपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला अड्डामा आफैं जाने गरेका छन् । – कान्तिपुर दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले