१८ लाखसहित वीरगन्जबाट तीन भारतीय नागरिक पक्राउ


पर्सा : जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रकमसहित भारत विहारसुगौली निवासी बिक्की कुमार, रक्सौल नागारोड निवासी सुधीरकुमार र शहीद आलमलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेटबी आर ०५ एस ३७९२, बीआर ०५ बी १४४४ र बी आर ०६ ऐ आर ३७८९ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका तीनै जना भारतीय नागरिकलाई रोकी जाँच गर्दा जनही रु छ लाखका दरले कूल रु १८ लाख नेपाली बरामद् भएपछि आवश्यक अनुसन्धानका लागि तीनै जनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनले बरामद् गरेको रुपैयाँबारे बिक्की, सुधीर र शहीदले स्रोत खुलाउन नसेकेपछि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको बताए । बरामद गरिएको रुपैयाँ अवैध मुद्रा ओसारपसार (हुण्डी) कारोवारमा संलग्न रकम भएको प्रहरीले आशङ्का व्यक्त गरेको छ । सीमा क्षेत्रमा पछिलो समय हुण्डीको कारोवार बढ्दै गएको र बरामद भएको रुपैयाँ सोही कारोवारको हुनसक्ने प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।भारतबाट नेपाल आउने

काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८

दार्चुला : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ