हृदयघातबाट स्मति गाउँपालिका ३ का वडाध्यक्ष विष्टको निधन



रोल्पा : रोल्पा सुनिल स्मृति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष जेदवहादुर विष्टको ह्रदयघातका कारण आज (शनिबार) बिहान मृत्यु भएको छ ।

उच्च रक्तचाप रहेका उनी ह्रदयघातका कारण मृत्यवरण गरेको हुन सक्ने आशंका गरिएको छ ।

हिजो वेलुका खाना खाएर आफ्नो कोठामा सुत्न गएका नेपाली काङ्ग्रेसको तर्फवाट गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित विष्ट विहान अवेरसम्म नउठे पछि उनका परिवार कोठामा पुगेर हेर्दा मृत अवस्थामा भेटेका थिए । विष्टका श्रीमती १ छोरा र ३ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्