प्रदेश २ मा ४६० हेक्टर जग्गा भारतद्वारा अतिक्रमण


वीरगञ्ज : प्रदेश नं २ मा रहेका ८ जिल्लामध्ये धनुषा जिल्लाबाहेक ७ जिल्लाका २१ स्थानमा ४ सय ६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासंग्रामलाई आधार मान्दा भारतीयले प्रदेश नं २ को पर्साका पाँच स्थानमा २ सय २७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा सात स्थानमा १ सय ४५ हेक्टर, बारामा दुई स्थानमा ३६ हक्टर, सर्लाहीमा दुई स्थानमा १२ हेक्टर, सिरहामा दुई स्थानमा ४१ हेक्टर गरी जम्मा २१ स्थानमा ४ सय ६० हेक्टर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् ।

नेपाल–भारत सीमामा रहेका कतिपय सीमास्तम्भ नदीले बगाएको, क्षतिग्रस्त भएकाले सीमाक्षेत्र कहाँसम्म हो भनी यकिन गर्न नसकिएकाले कतिपय ठाउँमा भारतीयले अतिक्रमण गरी खेतीपाती गर्ने, गाईगोठ बनाएर भोगचलन गर्दै आएका छन् । नदीले बगाएका तथा अन्य कारणले क्षतिग्रस्त भएका सीमास्तम्भ वर्षांै बितिसक्दा पनि ध्यान नदिँदा यस्ता आएको वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाका शेषमन पडितको ठम्याइ छ ।

प्रदेश नं २ मध्ये सबभन्दा बढी पर्सामा पाँच स्थानमा २ सय २७ हेक्टर नेपाली भू–भाग भारतीयद्वारा अतिक्रमण भएको देखिन्छ । खासगरी जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा रहेको सीमा क्षेत्रको यकिन नहुँदा त्यस क्षेत्रमा भारतीयले नेपाली भू–भाग अतिक्रमण गरी भोगचलन गर्दै आएको देखिन्छ ।

‘नेपाल–भारतबीच देखिएको सीमा समस्यालाई समाधान गर्न दुई देशका अधिकारीसँग बसेर सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न नापी विभागलाई पत्राचार गरेका छौँ’, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘कतिपय ठाउँमा सीमास्तम्भ हराएको, भाँचिएकाले कहाँसम्म सीमाक्षेत्र रहेकाबारे यकिन हुन नसकेकाले यो समस्या देखापरेको हो ।’

प्रदेशको पूर्वी जिल्ला सप्तरीका सात स्थानमा १ सय ४५ हेक्टर सीमाक्षेत्र अतिक्रमण भएको देखिन्छ । यसबारेमा त्यहाँका प्रमुख जिल्ला अधिकारी सुनिल प्रसाईंँले यो समस्या दुई देशबीचको समस्या रहेकाले यसबारेमा आफूले बोल्न उचित नहुने बताए । सीमासुरक्षाका लागि सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको उदासिनताका कारण कतिपय ठाउँमा अझसम्म सीमाक्षेत्रको समस्या समाधान हुन नसकेको स्थानीयवासीको आरोप छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको

काठमाडौं : बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौंको सडक चिटिक्कै पारेर सजाइएको छ ।

कठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले अघोरी बाबा अर्थात विजय केसीलाई पक्राउ गरेको छ ।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मुख्य माग

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको