अयोध्या विवादबारे सुप्रिम कोर्टको फैसला : बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई


नयाँदिल्ली : मुख्य न्यायाधीश रञ्जन गोगोइको नेतृत्वमा रहेको ५ न्यायाधीशको संवैधानिक बेन्चले शनिबार अयोध्या विवादमा आफ्नो फैसला सुनाएको छ । भारतको सुप्रिम कोर्टले १०.३० बजे दिएको यो फैसलामा साम्प्रदायिक सद्भाव र भारतीय जनताको सदियौंदेखिको मेलमिलाप र एकतालाई फैसलाको आधारभूमि बनाएको बताइएको छ । यसका लागि मन्दिर निर्माणका लागि ट्रष्ट खडा गरिने र मस्जिद निर्माणका लागि वैकल्पिक भूमि प्रदान गर्ने फैसला सुनाएको छ ।

विवादित भूमि हाललाई केन्द्र सरकारको मातहतमा रहने गरी निर्णय लिइएको छ । फैसला अनुसार विवादित भनिएको भूमिमा उत्खनन् गर्दा त्यहाँ भेटिएको निर्माण ढाँचा निसन्देह भगवान रामको रहेको किटानी गरिएको छ । विवादित भनिएको २.७७ एकड जमिन भगवान रामको जन्मस्थान नै रहेको निर्णय लिइएको छ ।

मस्जिद निर्माणका लागि उपलब्ध गराइने जमिनका हकमा कुनै प्रमुख स्थानमा उपयुक्त पाँच एकड जमिन उपलब्ध गराइने फैसला सुनाइएको छ । यो निर्णय लिंदा संवैधानिक वेञ्चमा रहेका पाँचैजना न्यायाधीशहरुको एकमत रहेको बताइएको छ ।

सुप्रिम कोर्टको फैसलाको स्वागत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई संयमित रहन र सद्भावमा खलल नपुर्याउन हार्दिक आह्वान गरेका छन् । यस निर्णयपछि भड्कन सक्ने हुलदंगालाई मध्यनजर गरी दिल्लीलगायत मुख्य सहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त

सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म

रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– सरकारको गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा