राजपा अध्यक्ष मण्डलका सबै सदस्यलाई किन बालुवाटार बोलाइयो ?



काठमाडौं: प्रधानमन्त्री केपी ओलीले राजपा अध्यक्ष मण्डलका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको राजपाका अध्यक्ष मण्डलका सदस्यहरुसँग छलफल गर्न प्रधानमन्त्री ओलीले बिहान १० बजे बालुवाटार बोलाएका हुन् ।

 

बालुवाटारमा हुने बैठकमा ओलीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न राजपा अध्यक्ष मण्डललाई आग्रह गर्ने बालुवाटार स्रोतले जनाएको छ । संविधान संशोधन सहित विभिन्न माग पुरा गर्ने शर्तमा सरकारलाई समर्थन गरेको राजपाले सरकार गठन भएको एक वर्ष हुन लाग्दा समेत माग पुरा नभएपछि रुष्ट बनेको छ ।

 

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले छलफल गर्न बोलाएकोले सबै सदस्य बालुवाटार जान लागेको बताए । प्रधानमन्त्रीसँगको भेटघाट लगत्तै आजै १ बजे पार्टी मुख्यालयमा‌ अध्यक्ष मण्डलको बैठक बस्ने तय भएको महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्