जातीय विभेद र अन्यायका विरुद्ध सुशीलाले आफ्नो पहिचान खोजेपछि



प्युठान : तल्लो जातकी ‘कमिनी’ भनी हेला गरी श्रीमतीलाई घर निकाला गरेको आरोपमा पतिसहित सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले शुक्रबार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएको जिल्ला प्रहरीका कार्यलय प्युठानका प्रहरी निरीक्षक लोकेन्द्र जीसीले बताए ।

‘हामीले सम्बन्धितलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ, जिसीले भने । अनुसन्धानपछि उनीहरुलाई कानुनी सजाय हुन्छ । विवाहपछि एक सन्तान जन्माएकी सुशीलालाई घरपरिवारका सासु ससुरा र पतिले कामीको छोरी कमिनी कुजात, हाम्रो सम्पत्ति देखेर घर पस्न आएकी जस्ता गाली बेइज्जत गरी घर निकाला गरेका थिए ।

त्यसपछि माइतीको शरणमा बस्दै आएकी सरुमारानी गाउँपालिका वडा नम्बर ५ बिरिङकोटकी २४ वर्षीया सुशिला खाम्चा (कामी) ले आफू घर निकाला हुनु परेको भन्दै उनले ६० वर्षीया ससुरा मतिराम खाम्चा, ५६ वर्षीया सासू जीवा खाम्चा, २६ वर्षीया पति चित्रबहादुर खाम्चासहित ३ जनाविरुद्ध शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्दा दर्ता गरेकी हुन् । वर्षौंसम्म पति र परिवारबाट यातना पाएकी एक दलित युवती घर निकाला गरिएकी छन् ।

सरुमारानी गाउँपालिका वडा नम्बर ५ बिरिङकोटकी २४ वर्षीया सुशीला खाम्चा (कामी)ले अन्तरजातीय बिबाह गरेका कारण घर छाड्न बाध्य भएकी हुन् । सुशिलाले भनिन, दिनहुँ मानसिक यातना भोगे,’ घरपरिवारजनबाट आफूले अत्यन्त ठूलो मानसिक तनाव बेहोर्दै आएपछि मुद्दा दर्ता गर्न बाध्य भएको उनले सुनाइन् ।

वर्षौंसम्म पति र परिवारबाट यातना पाएकी एक दलित युवती घर निकाला गरिएकी छन् । सरुमारानी गाउँपालिका वडा नम्बर ५ बिरिङकोटकी २४ वर्षीया सुशीला खाम्चा (कामी)ले अन्तरजातीय बिबाह गरेका कारण घर छाड्न बाध्य भएकी हुन् । श्रीमान चित्रबहादुर खाम्चा र सुशीला खाम्चाले २०६९ साल कार्तिकमा सामाजिक परम्पराअनुसार विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्