यस्तो छ आजको दिन, २०७५ पुष १० गते मंगलबार



मेषः दिन सावधानयोग्य रहनेछ । मन डराउनसक्छ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । अतिरिक्त खर्च बढ्नेछ । अनावश्यक घमण्ड बढ्नेछ ।

 

वृषः दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । बौद्धिक तथा रचनात्मक काम हुनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

 

मिथुनः दिन मध्यम रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । खानपानका परिकारमा अत्यन्त ध्यान दिनुपर्ने देखिन्छ । नयाँ योजनाको काम हुनेछैन ।

 

कर्कटः दिन भाग्योदयकारक रहनेछ । आँटेको काम सजिलै सम्पन्न हुनेछ । अध्ययन अनुसन्धानका क्षेत्रमा रूचि बढ्नेछ महत्वपूर्ण काम गरिनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ ।

 

सिंहः दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो योजनाको काम नगर्नु नै बुद्धिमानी हुनेछ । हरेक कामप्रति संयम रहनु बेस हुनेछ ।

 

कन्याः दिन उत्तम रहनेछ । आय आर्जनमा वृद्धि हुनेछ । मनोबल उच्च रहनेछ । आत्मोन्नतिकारक कामहरू हुनेछन् । मन प्रसन्न हुनेछ । विद्यामा गति थपिनेछ ।

 

तुलाः दिन सार्थक रहनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । दीर्घकालीन कार्ययोजना तय गरिनेछ । उत्कृष्ट सत्कार मिल्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

 

वृश्चिकः दिन खासै राम्रो छैन । आटेको काममा व्यवधान आउनसक्छ । धार्मिक क्षेत्रमा रूचि घट्नेछ । नियतिम कामलाई निरन्तरता दिनु बेस हुनेछ ।

 

धनुः दिन प्रतिकूल रहनेछ । मुख्य काम बन्न कठिन हुनेछ । मनमा डर, त्रासले जरा गाड्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

 

मकरः दिन अत्युत्तम रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । प्रेम प्रसङ्ग चल्नेछ । मनोरञ्जन गरिनेछ ।

 

कुम्भः दिन उचित रहनेछ । शत्रु पराजित हुनेछन् । मावलीबाट आवशयक सहयोग पाइनेछ । मनोबल बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

 

मीनः दिन मध्यम खालको रहनेछ । मनमा चिन्ता हावि हुन सक्नेछ । नियमित कामलाई निरन्तरता दिनु पर्ने देखिन्छ । शरीर पनि अस्वस्थ हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्