नेपाल जेसिजका अध्यक्षमा पौडेल निर्वाचित



जनकपुरधाम : जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसिज २०१९ का अध्यक्षमा महेश पौडेल निर्वाचित भएका छन् । सोमबार अबेर साँझ विद्युतीय भोटिङ मेसिनबाट सम्पन्न भएको मतदानमा ९२१ मत प्राप्त गर्दै इटहरी जेसिजका पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । 

अध्यक्ष पदकै लागि उम्मेदवारी दिएका बाग्लुङ जेसिजका सुदीपराज भण्डारी २४१ मत ल्याएर यस वर्षको उपविजेता बनेका हुन् । जेसिज परम्परामा विजेता र उपविजेताबीच कुनै विभेद नहुने र यसमा सबैको जित मात्र हुने गरेको महाधिवेशन निर्देशक सन्तोष साहले बताए । 

गत वर्ष केही मतको अन्तरले पौडेल विजेता बन्न सकेका थिएनन् । सोमबार मध्यरातमै समापन समारोहको आयोजना गरी यस वर्षको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको जनकपुर जेसिजका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

प्रतिक्रिया दिनुहोस्