फोहर व्यवस्थापन गरिने


काठमाडौं : नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य गर्ने भएको छ । समितिको आज सम्पन्न ११औँ साधारणसभाबाट निर्वाचित अध्यक्ष विष्णु पोखरेलले सो जानकारी दिए।

सभाले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष दीपक सिङ्खडा, प्रथम उपाध्यक्ष गङ्गा पन्त, उपाध्यक्ष रुद्र दाहाल, महासचिव अर्जुनकुमार श्रेष्ठ, सचिव चन्द्रा बराल, कोषाध्यक्ष ज्ञानेश्वर गुरुङ र सह–कोषाध्यक्षमा राम खतिवडा चयन भएका छन्।

यस्तै, समितिको सदस्यमा शिवशरण डङ्गोल, तारा नेपाल, देवी कार्की, राजन महर्जन, जयलक्ष्मी कार्की, हेमबहादुर श्रेष्ठ, प्रेमकुमारी कार्की र हरिकृष्ण महर्जन भएका छन्। कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्क क्षेत्रलाई सुन्दर क्षेत्रका रुपमा निर्माण गर्न मित्रनगर विकास तथा टोल सुधारसमितिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

“महानगरपालिकाको राजश्व आम्दानीमा मित्रनगर क्षेत्रको योगदान महत्वपूर्ण छ”,उनले भने। विसं २०५७ मा स्थापना भएको समितिले मित्रनगर क्षेत्रमा वृक्षरोपण, खेलकूद, जनचेतनामुलक, महोत्सव, बालबालिका तथा वृद्धवृद्धालाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

समितिले आगामी दिनमा मित्रनगर क्षेत्रको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद, बिरामी बोक्नका लागि एम्बुलेन्स खरिदलगायतका कार्यक्रम गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक