सभामुख हुन सक्षम छु : उपसभामुख तुम्बाहाम्फे


काठमाडौं : प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएका छन्।

हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ ।

सबै सक्षम छन्, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ ।” उनले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न तयार रहेको उल्लेख गरे।

संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उनको भनाइ थियो ।

“सभामुख सत्ता पक्षले लिन्छ भने त्यतिबेला उपसभामुखले मार्ग प्रशस्त गर्न संवैधानिक व्यवस्थाअनुसार राजीनामा गर्नुपर्ने अवस्था आउँछ । त्यसपछि के गर्ने भन्नेबारे दलहरुसँग छलफल गरेपछि मात्रै निर्णय हुन्छ”, उनले भने, “सम्बन्धित दलसँग छलफल भइसकेपछि निष्कर्षमा पुग्न सकिन्छ । दलले जतिबेला मलाई सोध्छ, परामर्श छलफलमै के गर्ने भन्ने टुङ्गो लाग्छ ।”

रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उनले मङ्सिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने उपसभामुख तुम्बाहाम्फेले बताए। – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस भिमेश्वर नगरपालिका चाङ्गीखोलामा दुर्घटना हुँदा एक जनाको

नरेश सर्राफ/वीरगन्ज : वीरगन्जमा नेपाली कांग्रेसका दुई नेताहरु एक आपसमा समान्य विवादलाई लिएर सार्वजनिक स्थलमै

काठमाडौं : रौतहट राजापुर बम काण्डको आरेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका मोहमद अफ्ताब

काठमाडौं : नेपाली सेनाले सैनिक अधिकारीको व्यापक सरुवा गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्ने भएपछि को–को हट्दै छन्

काठमाडौं : आज बिहान ९ बजे बस्ने भनिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक अपराह्न १२ः३०

गुल्मी : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आफ्नै लगानीमा शीतभण्डार सहितको हाटबजार शुरु गरेको छ ।

काठमाडौं : लामो समयदेखि चर्चामा रहेको मन्त्रीमण्डल पुनर्गठन सम्बन्धी विषयले आज अन्तिमरुप लिने भएको छ

काठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालय बैठक अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ

काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको