सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन्।

नेकपा काठमाडौं महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए।

हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने उल्लेख गरे। “लिम्पियाधुराबाट शुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो”, उनले भने, “यसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन ।”

भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उनले प्रष्ट पारे। नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकाङ्क्षाअनुसार काम हुननसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे।

उनले कमीकमजोरीलाई सच्याएर प्रभावकारी ढङ्गबाट सरकारका कामकारवाही अगाडि बढाउन सुझाव दिए। नेपाल संवत् सिङ्गो देशको संवत् भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत् नेपाली जनताको साझा सम्पत्तिका रुपमा रहेको बताए। “नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्का रुपमा मानेको छ”, उनले भने, “यसलाई दैनिक जनजीवनमा प्रयोगमा ल्याउने अभियान चलाउनुपर्छ ।”

कार्यक्रममा महानगर कमिटी इन्चार्ज जीवनराम श्रेष्ठले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनमा वर्तमान सरकार र नेकपाको पूर्ण साथ तथा सहयोग रहेको बताए। नेकपाका सचिवालय सदस्य वामदेव गौतम, कामपाका प्रमुख विद्यासुन्दर शाक्यलगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस भिमेश्वर नगरपालिका चाङ्गीखोलामा दुर्घटना हुँदा एक जनाको

नरेश सर्राफ/वीरगन्ज : वीरगन्जमा नेपाली कांग्रेसका दुई नेताहरु एक आपसमा समान्य विवादलाई लिएर सार्वजनिक स्थलमै

काठमाडौं : रौतहट राजापुर बम काण्डको आरेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका मोहमद अफ्ताब

काठमाडौं : नेपाली सेनाले सैनिक अधिकारीको व्यापक सरुवा गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्ने भएपछि को–को हट्दै छन्

काठमाडौं : आज बिहान ९ बजे बस्ने भनिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक अपराह्न १२ः३०

गुल्मी : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आफ्नै लगानीमा शीतभण्डार सहितको हाटबजार शुरु गरेको छ ।

काठमाडौं : लामो समयदेखि चर्चामा रहेको मन्त्रीमण्डल पुनर्गठन सम्बन्धी विषयले आज अन्तिमरुप लिने भएको छ

काठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालय बैठक अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ

काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको