चुरेको दोहनले पर्यावरणीय सङ्कट : पूर्वराष्ट्रपति यादव


काठमाडौं : पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौँ औंल्याउनु भएको छ । नेपाल साहित्य महोत्सवअन्तर्गत आज जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उनले चुरेको दोहनले भइरहेको पर्यावरणीय सङ्कटतर्फ सबैको ध्यानु जरुरी छ भने।

पूर्वराष्ट्रपति डा यादवले चुरे भएर राजमार्ग बनाउने र स्काभेटर लगायतका यन्त्र प्रयोग गरी दोहन गर्ने क्रियाकलापले पानीको मुहान सुक्दै गएको, पशुपन्छी पलायन तथा लोपको अवस्था सिर्जना भएको प्रसङ्ग उल्लेख गरे। नेपालको ६० प्रतिशत जनसङ्ख्या र अन्न भण्डार भएको क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै विकास योजना कार्यान्वयन गर्नुपर्दछ भन्दै उनले तराई मधेशलाई डुबान पार्ने क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्दछ भने।

वैज्ञानिक अध्ययन नगरी निजगढमा विमानस्थल निर्माण कार्य गर्नु विडम्बना हो भन्दै पूर्वराष्ट्रपति डा यादवले सखुवाका रूखलाई कटान गरी विमानस्थल बनाउने योजनाको पुनः मूल्याङ्कन गर्नु आवश्यक रहेको धारणा राखे ।

“जङ्गल नष्ट गरी रेलको विस्तार गर्ने योजनाबारे पनि पुनः चिन्तन गर्नुपर्दछ”, उनले भने । पूर्वराष्ट्रपति डा यादवले चुरेबाट निस्केको नदीको व्यवस्थापन हुने गरी विज्ञद्वारा चुरे संरक्षणका लागि बनाइएको गुरुयोजनाअनुरूप छुट्टै ऐन बनाउनु आवश्यक छ भने।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अल्पदृष्टि एवम चिन्तन राखी योजना बनाउने प्रवृत्तिका कारण सङ्कट बढ्दै गएको भन्दै सिङ्गो देशकै गुरुयोजना बनाउनु पर्दछ भने। – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको

काठमाडौं : कर्मचारी सरुवामा नयाँ नियम लागू हुने भएको छ । यो नियम लागू भएपछि

म बारम्बार गई रहन्थे त्यो घरमा किनकी मलाई त्याहा जानु मज्जा लाग्दथ्यो ! म रमेश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय पुर्नव्यवस्थित गरेका छन् । कतिपय सल्लाहहरुले प्रभावकारी

काठमाडौं : चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी छन् ।

भक्तपुर : यस क्षेत्रमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने