मानव तस्करी गर्ने महिला पक्राउ


भोजपुर : अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राई पक्राउ गरेकी हुन् ।

भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२औँ वाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाका रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शङ्का लागेर सोधपुछ गरेको थियो ।

उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ । उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।

कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस भिमेश्वर नगरपालिका चाङ्गीखोलामा दुर्घटना हुँदा एक जनाको

नरेश सर्राफ/वीरगन्ज : वीरगन्जमा नेपाली कांग्रेसका दुई नेताहरु एक आपसमा समान्य विवादलाई लिएर सार्वजनिक स्थलमै

काठमाडौं : रौतहट राजापुर बम काण्डको आरेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका मोहमद अफ्ताब

काठमाडौं : नेपाली सेनाले सैनिक अधिकारीको व्यापक सरुवा गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्ने भएपछि को–को हट्दै छन्

काठमाडौं : आज बिहान ९ बजे बस्ने भनिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक अपराह्न १२ः३०

गुल्मी : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आफ्नै लगानीमा शीतभण्डार सहितको हाटबजार शुरु गरेको छ ।

काठमाडौं : लामो समयदेखि चर्चामा रहेको मन्त्रीमण्डल पुनर्गठन सम्बन्धी विषयले आज अन्तिमरुप लिने भएको छ

काठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालय बैठक अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ

काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको