संवैधानिक अभ्यासमा बाधक बन्दिनँ : उपसभामुख



नेपालगन्ज : उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख चयन प्रक्रियामा हुने संवैधानिक अभ्यासमा आफू बाधक नबन्ने बताएकी छन् ।

सभामुख कृष्णबहादुर महरा पदच्युत भएपछि उक्त पदका लागि स्वाभाविक रूपमा आफू योग्य रहेको उनको भनाइ छ । यसबारे सम्बद्ध दलको परामर्शपछि आवश्यक निर्णय लिने उनले बताइन् ।

स्थानीय तहले निर्वाह गरेको भूमिका विषयमा प्रशिक्षणका लागि हुम्ला पुगेकी उनले काठमाडौं फर्किने बेला शनिबार नेपालगन्जमा पत्रकारसँग भनिन्, ‘संविधानअनुसार हुने प्रक्रिया र पार्टीले लिने निर्णयमा म बाधक बन्दिनँ ।’

संसद्मा १८ वटा विधेयक पारित भएको र ५ वटा विधेयक पारित गर्न बाँकी रहेको उनले जानकारी दिइन् । संवैधानिक आयोगलाई पूर्णता दिन आइतबार संसद्मा छलफल हुने उनले बताइन् । कान्तिकपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्