टनकपुरको जग्गा भारतीय कब्जामै


महेन्द्रनगर : टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ। भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो।

सन् १९१० मा बाढीले बाँध बगाएपछि भारत सरकारले राणा सरकारलाई बाँध निर्माण गर्न जग्गा उपलब्ध गराउन पत्र पठायो। भारतीय आग्रहपछि राणा सरकारले कञ्चनपुरको ब्रह्मदेवसहित दोधारा–चाँदनीको १२०९ हेक्टर (२९८८ एकड) जग्गा दिएको थियो। सीमाबारे जानकार ऋषिराज लुम्साली भन्छन्, ‘भारतमा निर्मित अहिलेको शारदा नहर त्यतिबेला नेपाली भूमिमा थियो।’

ब्रह्मदेवसहित दोधारा–चाँदनीको सट्टाभर्नाबापतको जग्गा भारतले बर्दियामा दिएको भने पनि टनकपुरमा पाउनुपर्ने १४.५७ हेक्टर फिर्ता नदिएको लुम्साली बताउँछन्। ‘नेपालले पनि वैधानिक हिसाबले त्यो जग्गा फिर्ता लिन सकेको छैन’, लुम्साली भन्छन्, ‘सरकारले ताकेता नगरेसम्म जग्गा फिर्ता गर्न भारत तयार हुनेछैन।’ कञ्चनपुरको ब्रह्मदेवमा नेपालकोे २.९ हेक्टर जमिनमा भारतको टनकपुर जलविद्युत् आयोजनाको जलाशय छ।

२०४८ जेठ १३ गते प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला र तत्कालीन भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच टनकपुर सम्झौता भएको थियो। सम्झौताअनुसार टनकपुर बाँधका लागि भारतलाई नेपालले २.९ हेक्टर भूभाग उपलब्ध गराएको थियो। टनकपुरको जग्गाबापत २ मेगावाट विद्युत् नेपालले पाउने टनकपुर सम्झौतामा उल्लेख रहेको लुम्सालीले बताए। तर कोइरालाले टनकपुर आयोजनामा समान हकको साटो राष्ट्रघाती सम्झौता गरेको भन्दै उनको विरोध भएको थियो।

त्यसपछि २०५२ सालमा टनकपुर सम्झौतालाई एकीकृत महाकाली सन्धिसँगै मिसाएर वैधता दिइएको लुम्सालीले जानकारी दिए। महाकाली नदीको एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा (२) को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउने पानी प्रवाह गर्न हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ।

यस्तै, भीमदत्त नगरपालिका–१ भाषीदेखि १२ सय मिटर नेपाल–भारत जोड्ने टनकपुर लिंकरोड पनि भारतीय लगानीमै निर्माण गर्ने उल्लेख छ। तर हालसम्म न लिंकरोड बनेको छ न नेपालले पाउनुपर्ने जग्गा उपलब्ध गराइएको छ। भारतीय पक्षले केही दिनअघि नेपाली सीमासम्म नहर निर्माण गर्न सीमांकन गरेको छ। नेपालले दसगजासम्म सडक निर्माण गरिसकेको छ। भारतीय पक्षले आफ्नो भागको परेको सडक निर्माण नगर्दा लिंकरोड दसगजा पुगेर रोकिएको छ।

नेकपाका कञ्चनपुर जिल्ला सचिव तथा प्रदेशसभा सदस्य तारा लामा तामाङले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा टनकपुरमा राष्ट्रघाती सम्झौता भएको आरोप लगाए। स्थानीयका अनुसार टनकपुर सन्धिबाहेक अन्य क्षेत्रमा पनि भारतले सीमा मिच्दै आएको छ। कञ्चनपुरको उत्तरतर्फ पर्ने टनकपुर बाँधछेउको नेपाली भूमिमा भारतले एकलौटी सडक निर्माण गरेको छ। भीमदत्त नगरपालिका–९ ब्रह्देव बजार छुनेगरी भारतीय पक्षले सडक विस्तार सुरु गरेको हो। भारतीय पक्षले ब्रह्मदेव बजारसम्म आफ्नै भूमि भएको दाबी गर्दैै आएको छ।

टनकपुर बाँध निर्माण गर्दा ३ नम्बर पिलर हराएको थियो। अहिले उक्त पिलर नदीको बीचमा रहेको स्थानीय बताउँछन्। बाँध निर्माण सुरुदेखि नै टनकपुरमा विवाद छ। गत वर्ष भीमदत्त नगरपालिकाले नेपालकै भूमिमा सडक निर्माण गर्न खोज्दा भारतीय एसएसबीले रोकेको थियो। उक्त सडक अहिले सम्म निर्माण भएको छैन। यो समाचार आजको अन्नपूर्ण पोष्टमा महादेव अवस्थीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १