स्कुटर चालकको मृत्यु


चितवन : भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् ।

प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो । स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ३ः५० बजे भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालमा मंगलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)का कारण विदेशमा १ सय ३० जना नेपाली नागरिकले ज्यान गुमाएका छन्

हेटौंडा : मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष

काठमाडौं : लकडाउन उल्लंघन गरेको भन्दै महानगरी ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ३

काठमाडौं : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण लामो समयदेखि

पोखरा : गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं: यौनशोषणको आरोपमा युट्युवर अर्जुन शिवाकोटी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी

काठमाडौं : सोमबार काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : कोभिड–१९ र लकडाउन पछि नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पेशागत सुरक्षा अत्यन्तै

काठमाडौं : नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

कपिलवस्तु : प्रदेश ५ को कपिलवस्तुमा सलह किराको नयाँ झुन्ड देखिएको छ । सोमबार दिउँसो