भारतबाट १३ नेपाली महिलाको उद्धार



काठमाडौं: भारतबाट १३ नेपाली महिलाको र उद्धार गरिएको छ । अहमदाबदा र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको हो ।

 

समाजसेवी तथा माइती इन्डियाका कार्यकर्ता बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादाबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी आज नेपाल ल्याइएको छ ।

 

समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न शहर तथा होटल पु-याएको बताए । उद्धार गरिएका महिलाहरु विपन्न परिवारका छन् ।

प्रतिक्रिया दिनुहोस्