झोलुङ्गे पुल निर्माणपछि जोखिमपूर्ण यात्रा सहज


धम्बोझी : बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताललगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज भएको छ ।

बाढीले आँखै अगाडि नवनिर्मित पुल विसं २०७१ मा बबई नदीले बगाएपछि पुलबाट हिँड्ने सपना साकार नहुने हो कि भन्दै अलमलमा रहेका स्थानीयवासी यतिबेला झोलुङ्गे पुल निर्माण भएपछि खुशी भएका छन् । पुरानै ठाउँमा पाँच वर्षभित्रमा निर्माण सम्पन्न भएको आधुनिक झोलुङ्गे पुलले सर्वसाधारणको जोखिमपूर्ण यात्रा हटेको छ । उक्त पुल निर्माणपछि जिल्लाभरिका करीब तीन लाख सर्वसाधारण प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

झोलुङ्ग पुल निर्माणसँगै यस क्षेत्रको समृद्धिमा टेवा पुग्ने मधुवन नगरपालिकाका नगरप्रमुख गणेश क्षेत्रीले बताए । “मधुवन र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणले सर्वसाधारणको सपना साकार भएको छ”, उनले भने, “वर्षौँदेखिको जोखिमयात्रा गर्ने सर्वसाधारणको पुल निर्माणपछि जोखिमयात्रा हटेको छ ।”

नवनिर्मित आधुनिक पुलले दोधरा–चाँदनी पुलको झझल्को मेटिने बारबर्दिया–४का वडाध्यक्ष रामबहादुर थारूले बताए । “यो पुलमा पुग्ने जो–कोहीको मन खुशी हुन्छ”, उनले भने, “नदी तटीय क्षेत्रमा निर्माण भएको पुल पाहुनाका लागि आकर्षक गन्तव्य बनेको छ ।”

पुल हेर्न दैनिक युवायुवतीको घुइँचो लाग्ने गरेको छ । उक्त पुलबाट देखिने नदी तटीय दृश्यले पर्यटक आकर्षित हुन्छन् । उक्त पुलको लम्बाइ ५०० मिटर रहेको छ । थानी निर्माण कम्पनीले रु चार करोड ४१ लाख लागतमा निर्माण सम्पन्न गरेको पुल जिल्लाको नमूना र आधुनिक पुल भएको बारबर्दिया नगरपालिकाको प्रमुख दुर्गाबहादुर थारूले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : स्थानीय तहको कर्मचारी सरुवामा सहमति जुटेको छ । जसअनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई

काठमाडौ : शनिबार मादक पदार्थ मापसे गरेर रत्नकुमार श्रेष्ठले भक्तपुर कागेश्वरी मनोहरा स्थित थलीमा ताण्डप

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन आज (मंगलबार) हुँदैछ । समापनको दिन

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको