फेरि बढ्यो सुनको भाउ



काठमाडौं : आज (आइतबार) सुनको भाउ पुन: उकालो लागेको छ । शुक्रबार तोलामा ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्