आज अटलबिहारी बाजपेयीको जन्मजयन्ती, जानौं उनका बारेमा दस तथ्य



काठमाडौं: आज मंगलबार भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको जन्मजयन्ती हो । भारतीय राजनीतिका अतुल्य, अविस्मरणीय र उदाहरणीय पात्र बाजपेयीलाई लोकतन्त्र र संसदीय राजनीतिप्रति निष्ठा राख्ने संसारभरका मानिसहरूले सम्झँदैछन् ।

 

बाजपेयीको जन्म सन् १९२४ को डिसेम्बर २५ मा भारत मध्यप्रदेशको ग्वालियरमा भएको हो । उनी प्रसिद्ध राजनेता हुनुका साथै अत्यन्त प्रखर एवं प्रतिभाशाली कवि, पत्रकार र वक्ता थिए । राजनीतिमा उनको प्रवेश सन् १९४२ मा अंग्रेजविरुद्ध भएको ‘भारत छोडो आन्दोलन’ मा सहभागिता जनाएसँगै भएको हो । यस आन्दोलनमा सहभागी भएकाले उनी र उनका ठूल्दाइ प्रेमलाई २३ दिनसम्म जेलमा बस्नुपरेको थियो ।

 

भारत स्वतन्त्र भएपछि उनी जनसंघका नेता भए । बाजपेयीले आफ्नो पहिलो चुनाव सन् १९५७ मा उत्तरप्रदेशको बलरामपुर सिटबाट लडे । उनी त्यसपछि सन् १९६९ देखि १०७२ सम्म पार्टी अध्यक्ष पनि भए । सन् १९९७ मा मोरारजी देसाइको सरकारमा विदेशमन्त्रीका रूपमा काम गरे ।

 

बाजपेयी पहिलोपटक सन् १९९६ मा पहिलोपटक भारतका प्रधानमन्त्री निर्वाचित भए । यद्यपि यस दौरान उनको सरकार केवल १३ दिनमै अल्पमतमा आयो र उनले पदबाट राजीनामा दिए । बाजपेयीलाई सन् २०१५ मा नरेन्द्र मोदीको सरकारले भारतको सर्वोच्च सम्मान भारतरत्नले सम्मानित गरे । आउनुस् जानौं बाजपेयीको जीवनका दसवटा महत्वपूर्ण तथ्य ।

 

१. अटलबिहारीको जन्म सन् १९२४ को डिसेम्बर २५ मा भारत मध्यप्रदेशको ग्वालियरमा भएको थियो । उनका पिताको नाम कृष्णाबिहारी बाजपेयी थियो भने आमाको नाम कृष्णा देवी थियो । अटलका पिता स्कुलमा अध्यापक थिए ।

 

२. अटलले ग्वालियरको विक्टोरिया कलेजबाट हिन्दी, संस्कृत र अंग्रेजी विषयमा स्नातकको पढाइ गरे । यसपछि उनी कानपुरको डिएबी कलेजबाट राजनीतिशास्त्रमा एमए गरे ।

 

३. अटलबिहारी भारतका दसौं प्रधानमन्त्री थिए । उनी तीनपटक भारतका प्रधानमन्त्री बने । पहिलोपटक सन् १९९६ को मई १६ बाट जुन १ सम्म, दोस्रोपटक सन् १९९८ को मार्च १९ बाट १९९९ को अप्रिल २६ सम्म र तेस्रोपटक सन् १९९९ देखि १९९४ मई २२ सम्म उनी प्रधानमन्त्री भए ।

 

४. बाजपेयी अविवाहित रहे । पछि उनले एउटी बालिकालाई धर्मपुत्री बनाए । जसको नाउँ उनले नमिता राखे ।

 

५. अटल भारतको पहिलो नेता हुन् जसले संयुक्त राष्ट्रसंघीय महासभामा सन् १९७७ मा हिन्दीमा भाषण दिए ।

 

६. राजनेताभन्दा पनि अटल पत्रकार थिए । उनले पाञ्चजन्य, राष्ट्रधर्म, वीर अर्जुन र स्वदेशजस्ता पत्रपत्रिकाको सम्पादन गरेका थिए ।

 

७. राजनीतिक जीवनमा बाजपेयीले दसपटक लोकसभा सदस्य चुनिए र दुईपटक राज्यसभा सदस्य बने ।

 

८. प्रधानमन्त्रीका रूपमा उनकै कार्यकालमा पहिलोपटक भारतको पोखरणमा एकपछि अर्को परमाणु बम परीक्षण गरिए । उनले बडो गोप्य तरिकाले यो परीक्षणलाई सफल बनाएका थिए ।

 

९ सन् २०१५ मा उनलाई भारतको सर्वोच्च सम्मान भारतरत्नबाट सम्मानित गरियो ।

 

१०. भारतका पूर्वप्रधानमन्त्री बाजपेयीले सन् २०१८ अगस्त १६ का दिन अन्तिम सास लिए ।

प्रतिक्रिया दिनुहोस्