मेलिना प्रजाको ‘सुर्य किरण’ मंसिर २० मा देशैभर रिलिज हुने



काठमाडौ : नायिका मेलिना प्रजाको प्रस्तुतिमा रहेको नेपाली कथानक चलचित्र ‘सुर्य किरण’ आगामी मंसिर २० गतेदेखि देशैभर प्रदर्शन हुने भएको छ । अमृत चेपाङले निर्माण गरेको यो चलचित्र चेपाङ समुदायबाट निर्माण गरिएको पहिलो चलचित्र हो ।

नेपाली समाजमा हुने भएका घटनाक्रमलाई नै फिल्ममा उतारिएको फिल्म निर्माण पक्षले जनाएको छ । चलचित्रलाई नायक तथा निर्देशक अमिर दोङले निर्देशन गरेका हुन । तामाङ सिने क्षेत्रमा ब्यस्त रहेका सदाबहार नायक अमिर दोङको निर्देशनमा बनेको चलचित्र ‘सुर्य किरण’को गीत केही समयअघि रिलिज गरिएको थियो ।

‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ बोलको गीत रिलिज भएको छ । डम्फु मिडिया हाउस प्रालिको लागि मेलिना प्रजाको प्रस्तुतिमा रहेको यस चलचित्रमा निर्देशक दोङ,मेलिना ,सबिन श्रेष्ठ, , रन्जित तामाङ, कुइसाङ रुम्बा, मन्जु श्रेष्ठ, भुइसाल लामा, नोर्साङ दोङ लगायतको मुख्य अभिनय देख्न सकिन्छ । यस्तै अतिथि कलाकारको रुपमा ब्यस्त नायिका केकी अधिकारी र नायक तथा निर्देशक अमिर दोङलाई देख्न सकिने छ ।

सेलो लयमा रहेको गीतमा नायिका अधिकारी र दोङको अभिनय रहेको छ । गीतमा गायक तथा संगीतकार विशाल काल्तानको स्वर रहेको छ भने शब्द, संगीत गायक काल्तानकै रहेको छ ।

चलचित्रमा रितुराज पाख्रिनले कथा तथा पटकथा लेखेको छ भने छायाँकन विक्रम लामा र अभिषेक माझीले गरेका छन् । कोरियोग्राफी र दृश्य सम्पादन अजय स्याङ्तानले गरेका छन् भने फिल्ममा द्वन्द राजु तामाङको रहेको छ । (हेर्नुहोस भिडियो )

प्रतिक्रिया दिनुहोस्