राष्ट्र बैंकमा ५ करोडभन्दा बढी भारु नोट : सटहीका लागि कुटनीतिक पहल जारी



काठमाडौं : भारतले तीन वर्ष पहिले प्रतिबन्ध लगाएको भारतीय नोटहरु सटहीका लागि नेपालका तर्फबाट गरिएको अनुरोध कार्यान्वयन गरेको छैन । तीन वर्षअघि प्रतिबन्ध लगाएका एक हजार र पाँच सयका नोटहरु नेपालमा धेरै छन् । त्यसोत नेपाल सरकारले पनि देशभर नेपालीहरुबाट भारतीय प्रतिबन्धित भारु नोटहरु सटही गरेर जनतालाई राहत दिन सकेको छैन ।

तर हालसम्म नेपाल राष्ट्र बैंकमा जम्मा हुन आएको प्रतिबन्धित ५ सय र १ हजारकाका भारु नोटहरु कूल पाँच करोडभन्दा बढी नै रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकले सर्वसाधारणसँग रहेको नोट कुनै बेला साट्न सकिने अपेक्षामा छन् । स्रोतका अनुसार नेपाल राष्ट्र बैंक पनि कुनै बेला उक्त राशीका प्रतिबन्धित नोट भारतसँग साट्न सकिने आशा पालेर बसिरहेको छ ।

नेपाललगायतका भारु नोटको कारोवार चलेका दक्षिण एशियाका देशहरु अहिले नेपालले भोगे झैं यस्ता समस्याहरुको समान भोगाइमा छन् । छिमेकी देशहरुमा रहेको यो रकम वा नगद भारतको कूल सम्पत्तिको नगदमा परिवर्तित ढुकुटीको अभिन्न अंश हो ।

यसको आवश्यकता सबैभन्दा बढी भारतकै लागि हो । त्यसैले यो फ्रिज रहेको मूलधन नयाँ चलनचल्तीमा रुपान्तरण गर्न भारतकै लागि सबैभन्दा उपयोगी हुन जान्छ । विसाल अर्थतन्त्र भएको भारतले यो रकम निकै कम भएको मान्न सक्छ, तथापि यो छिमेकी देशहरुसँगको भारतको विश्वसनियताको कुरा पनि हो ।

पछिल्लो चरणमा भुटानमा यसरी अचलनको अवस्थामा रहेको भारु नोट भारतीय राष्ट्र बैंकमा फिर्ता लिइसकेको छ । यसअघि नेपालबाट पाँच सय रूपैयाँका झण्डै २९ करोड भारू सटही गरिदिएको थियो । भारु ५ सय र हजारका नोटहरु नेपाल भित्रनुभन्दा पहिले नेपालमा केवल भारु १ सयका नोटहरु मात्र चलनचल्तीमा थिए । यो अवधि २०५१ साल अघिसम्म कायम थियो ।

हाल नेपालमा रहेका फ्रिज भारु नोटहरु फिर्ताका लागि कुटनीतिक पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्