अभिनेत्री सिर्जना सुब्बाको गर्भवस्थाको फोटो सुट



काठमाडौं : पहिलो पटक आमा बन्न लागेकी अभिनेत्री सिर्जना सुब्बाले विशेष किसिमका फोटो सुट गरेकी छन् ।

आफैँका लागी सम्झना स्वरुप खिचिएका उनका तस्विरले नेपाली समाजमा रहेको संकीर्ण सोचलाई हटाउन मद्दत पुग्ने सुब्बाले बताइन् ।

गर्भावस्थामा समेत रंगमञ्चमा देखिएकी उनले यो अवस्थालाई उत्सवका रुपमा मनाइरहेको बताउँछिन् । भिनास मास्के र क्लु जैनले खिचेका केहि तस्विर सार्वजनिक गर्दै उनले आफ्नो खुसी सम्पुर्ण सुभचिन्तकहरुसँग साट्न खोजिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्