बल्ल चाल पाए गृहमन्त्री बादलले विप्लवको माग



काठमाडौं: भर्खरै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके ।

 

तर, तत्कालीन माओवादी कार्यकर्ता अच्चम मान्दै छन्, आखिर किन रामबहादुर थापा ‘बादल’ प्रकाण्डको पछि यति हात धोएर लागेका होलान ?

 

पार्टी एकीकरणको दौरान विभिन्न बैठक र छलफल चल्दा युवा र विद्यार्थीको हकमा जटिलता आयो । अरु कुरा मिल्न छाडेपछि दुबैतिरका युवा कार्यकर्ता बागबाजरतिर गफिन थाल्दा बादलसँग पोहोर वैद्य समूह छाडी फर्किएका एकजनाले फ्याटटै भने, उमा भुजेललाई पनि त्यस्तै, गर्नुपर्ने । तत्कालीन एमाले कार्यकर्ताले सोधे, किन ?

 

उनीहरुको झगडा रहेछ, करोडको । पार्टी फुटेपछि पनि मोहन बैद्यलाई प्रचण्डले खुसुखुसु खर्च दिने रहेछन् । शायद, हिजोआज पनि उनले प्रचण्डबाट पैसा बुझेको हुनुपर्ने ती कार्याकर्ताको अनुमान थियो । तर, प्रकाण्ड गिरफ्तारी प्रकरणपछि प्रचण्डसँग विप्लवहरु सशंकित छन्, कुराकानी हुन छाडेका छन् ।

 

नत्र, तीन बर्षअघि प्रचण्डले वैद्यलाई रुपैयाँ दिँदा विप्वलालाई बोलाएर जानकारी दिएका थिए । तर, बादल बोलाइएनन् । वैद्यकहाँ पैसा पुगेपछि बल्ल बादलले चाल पाए । विप्वलले त्यसको आधा रकम आफुमार्फत खर्च हुनुपर्ने माग गरे ।

 

बादले बैद्यलाई नदिने भन्दै थिए, त्यहि दिनबाट हो, बादल र विप्वलवबीच चर्काचर्की परेको । पछि वैद्यले आफूसँग एक रुपैयाँ पनि नराखी आधा बादल र आधा विप्वलवलाई दिए । विप्वलव पैसा पाउनसाथ चीन गए ।

किन गए ?

कसले बोलाएर गए ? यी केहि कुरा पार्टीमा भनेका थिएनन् । वैद्यले साद्यदा पनि साथीले बोलाएको मात्रै भने ।  – जनआस्था साप्ताहिकबाट ।

प्रतिक्रिया दिनुहोस्