अवैध गहुँसहति ट्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा



वीरगन्ज : भारतबाट अवैध रुपमा भित्रियाएको एक ट्याक्टर गहुँ पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको विन्दवासिनी गाउँपालिका ४ विन्दवासिनीबाट ना २ त ७९०१ नम्बरको ट्याक्टरमा लोड गरिएको गहुँ प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा गैरकानुनी तवरले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ ओसारपसार कार्यलाई नियन्त्रण गर्न खटाइएको प्रहरी टोलीले अवैध गहँुसहित ट्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी नायव उपरिक्षक गौत्तम थापाले बताए ।

नियन्त्रणमा लिएको ट्याक्टर र गहुँ वीरगन्ज भन्सार कार्यालयमा बुझाउँने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

यसैगरी वीरगन्ज महानगरपालिका ११ श्रीपुरस्थित पसलमा आगलागि हुदाँ करिब २ लाख बराबरको सामान जलेर नष्ट भएको छ । स्थानिय भोज प्रसाद चौरसियाको पसलमा अचानक आगलागि हुँदा पसलमा रहेको सामान जेलर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगोलाई वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो । आगो किन र कसरी लागेको भन्नेबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्