इङ्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी


अकल्याण्ड : चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी२० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ ।

न्यूजील्याण्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्यूजील्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो ।

शृंखलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजील्याण्डले निर्धारित ११ ओभरमा १४६ रनको विशाल स्कोर खडा गरेको थियो ।

न्यूजील्याण्डका लागि मार्टिन गप्टिलले २० बलमा ५०, कोलिन मुन्रोले २१ बलमा ४६ र टिम साइफर्टले १६ बलमा ३९ रन बनाएका थिए ।

जितका लागि १४७ रनको चुनौती पछ्याएको इङ्ल्याण्डले शुरुका तीन विकेट सस्तैमा गुमाएको थियो । इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले १८ बलमा ४७ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

दुबै टिमको स्कोर बराबर भएका कारण सुपरओभर खेलाइएको थियो । सुपरओभरमा इङ्ल्याण्डका जोनी बेयरस्टोले ८ तथा इयोन मर्गनले ९ रन बनाई जितका लागि १७ रनको लक्ष्य दिएका थिए । तर न्यूजील्याण्डको टिमले एक विकेट गुमाउँदै केबल ८ रन बनाएको थियो ।

यो जितसँगै इङ्ल्याण्डले ३–२ ले शृंखलामा विजयी भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त

सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म

रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– सरकारको गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा