संविधान संशोधन तयारीका लागि ओलीले मागे सात दिन 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा) का नेताहरूसँग संविधान संशोधनलगायतका विषयमा सरकारको धारणा बनाउन सात दिनको समय माग गरेका छन् । 

 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा ओली र राजपा अध्यक्षमण्डलका सदस्यहरूबीच भएको भेटघाटमा सरकार प्रमुखले समय माग गरेका हुन् । 

 

प्रधानमन्त्री ओलीले सात दिनभित्र संविधान संशोधनको तयारी थाल्ने आश्वासन दिएको भेटमा संलग्न राजपा अध्यक्षमण्डलका एक सदस्यले बताए ।

 

 प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको बताउँदै संविधान संशोधनका लागि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग कुरा गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्