चिया र चुरोटबारे यस्तो छ महानायक राजेश हमालको खुलासा


काठमाडौं : सबैको घरमा हरेक वर्ष रमाइलो हुने दसैंको दिनले अभिनेता राजेश हमाललाई भने पीडाको स्मरण गराउँछ । कुरा धेरै वर्ष अघिको हो । आफ्ना बाबा गुमाइसकेका राजेश हमालका लागि जन्म दिने आमा एकमात्र अभिभावक थिइन् । तर आमा पनि अरुले रामरमाइलो र भोजभतेर गरेर मनाइरहेका दसैंको दिन सदाका लागि छाडेर बिदा भइन् ।

आफूलाई जन्म दिएर हुर्काउने माताको देहावसानको यो गम्भीर घटनाका रुपमा दोहरिने हरेक दसैंको दिनले अभिनेता हमाललाई सोचमग्न बनाइरहन्छ कि यस्तो दुःखद् घटनाको कारण के ? यसको कारणबारे अनभिज्ञ नरहेका हमालको रोजाइमा यसैकारण ‘अल्कोहल’को सट्टा कफी पर्न गयो ।

हरेक मानिसले संसार छाडेर जानु पर्छ । तर पनि असामयिक निधनले बाँचेकाहरुलाई निकै पीडा दिन्छ । यसै भयो अभिनेता हमालको जीवनमा पनि । बाबाको देहान्तलाई लिएर निकै भाबुक मुद्रामा डुबिरहने हमाल आमा रेणु केसी हमालले आफ्नो श्रीमानको निधनपछि गरेको पीडाबोध निकै गहिरो गरी सम्झन्छन् ।

यही पीडाका कारण आमाले अत्याधिक चुरोट सेवन गर्न थालिन् । अन्तहीन पीडाबोधका कारण उनमा डिप्रेशन सुरु भयो । चुरोटको अम्मलले उनलाई थला पार्यो । उनी आफ्नो जोडाको निकै गहिरो पीडाका बीचबाट छोरालाई छोडेर गइन् ।

हमालका अनुसार आमाको निधन जे कारणले भयो, त्यसले उनलाई यस्तो किसिमको नशाको लतबारे सोच्न समेत दिएन । आमाको निधनले हमाललाई अम्मलप्रति बितृष्णा जगायो । यस कारण हमाल अहिले पनि अम्मलदेखि टाढै रहन्छन् । चुरोट पिउँदैनन् । कतिसम्म भने उनले अल्कोहल ‘ड्रिङ्क’ गर्दैनन् ।

कर्मका हिसाबले अभिनेता हुन् उनी । कहिले कथाले माग्छ, कहिले साथीहरु कर गर्छन्, उत्सव÷महोत्सवहरु परिरहन्छन् । उनी फिल्मी कथामा त अभिनय गर्छन् नै, कहिलेकाहिँ साथीभाइहरुले कर गर्दा पनि वाइन हातमा बोकेका तस्विरमा देखिए पनि पूरा पिउँदैनन् । आफु नजिकका साथीभाइ र शुभेच्छुकलाई उनको विनम्र सुझाव हुन्छ– ‘चुरोट, रक्सीआदि सेवन नगर है ।’

त्यसो त हमालले किशोरावस्थामा ड्रिंक्स गर्ने, चुरोट पिउने गरेको उनी नजिकका साथी र नातेदारहरु बताउने गर्छन् । तर उनी बानीपर्नु अघि नै बिस्तारै यी सबै कुराहरु छाडेर कफीको संसारमा रमाउन पुगेका हुन् । राजेश हमालले कहिलेकाहिँ दिनमा १० कपसम्म कफी पिउँछन् ।

जीवनको उत्तरार्ध भावी सन्तती र समाजका लागि हो । यसैका लागि जीवन समर्पण गर्नु त्याग पनि हो । यसले आफूलाई भोग्नुपर्ने थप पीडाबाट त जोगाउँछ नै, त्यो भन्दा बढी कोही पनि आफन्तहरुलाई छिःछिः र दूरदूरको अवस्थाबाट समेत् मुक्त गराउँछ ।

विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको थियो । त्यसता पहिलो पटक विप्लव समूहका कार्यकर्ता सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १