मन्त्रिपरिषदबारे छलफल गर्न प्रधामन्त्रीले बोलाए सचिवालय बैठक



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट (पार्टी) नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछी मन्त्रिपरिषदबारे छलफल गर्न र पार्टी एकताका बाँकी काम टुंगो लगाउने मुख्य एजेण्डा राखेर सचिवालय बैठक बलाइएका छन् ।

मन्त्रिपरिषद हेरफेरबारे गृहकार्य गरिरहेका बखत बस्न लागेको सचिवालय बैठकमा सरकार र पार्टी कामको समेत समीक्ष हुने बताइएको छ ।

आइतबार अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको ‘वान टू वान’ वार्तापछि मंगलबार सचिलाय बैठक बोलाउने समय तय गरिएको हो ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो सचिवालय र सल्लाहकार समुहको विषयमा लिइएको पछिल्लो निर्णयबारे समेत जानकारी गराउने छन् ।

गत भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको विवाद र अन्य कामका कारण हुन सकेको थिएन । पार्टी एकताको बाँकी काम टुंग्याउने योजनासहित मंगलबार सचिवालय बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्