धर्मविशेषप्रति राज्य निरपेक्ष हुनुपर्छ : प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्मलाई काखी च्याप्न नहुने बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्र नेपाललाई राजनीतिक मुद्दा बनाउने बहस महासमिति बैठकबाट थाती रहन पुगेका बेला सत्तारुढ दलका अध्यक्ष दाहालले राज्यले कुनै पनि धर्मलाई निषेध गर्ने नीति लिन नहुने बताए । 

 

नेकपा चितवनद्वारा मंगलबार आयोजित पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभामा अध्यक्ष दाहालले राज्यको नीति धर्मअनुसार पृथक हुन नहुने धारणा व्यक्त गरे । 

 

संविधान बन्ने बेलामै धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने सहमतिअनुरूप संविधान जारी भएको बताउँदै उनले सबै धर्मप्रति आस्था राख्ने जनतालाई सम्मान गर्नु राज्यको कर्तव्य भएको प्रस्ट पारे । 

 

कसैसँग भेदभाव नहोस् भनेर जनताका फरकफरक आस्थाप्रति राज्यको निरपेक्षता जरुरी भएको दाहालले औंल्याए ।

प्रतिक्रिया दिनुहोस्