क्रिसमसको दिन चितवनमा जल्यो बाइबल



काठमाडाैं : म देशभर क्रिश्चियन धर्मालम्बीहरुले धुमधामसँग क्रिसमस मनाईरहेका बेला चितवनमा हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै बाइबल जलाएका छन् । हिन्दू जागरण नेपालले गरेको कार्यक्रममा हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा बाइबल जलाएका हुन् । 

 

नेपालको मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण गरौं, देशको विविधतालाई नष्ट हुनबाट जोगाऔं भन्ने नारा लगाउँदै नारायणगढको पोखरा बसपार्कबाट पुलचोक हुँदै चौबिसकोठीमा आएर कोणसभा गरेका थिए ।

हिन्दू जागरण नेपालले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गरलगायत माग राख्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्