राजीनामा दिएपछि प्रधानमन्त्री ओली प्रसन्न



काठमाडौं : आकास्मिक ढंगले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल मार्फत आफ्नो सचिवालयको १३ जनाको टिमकै सामुहिक राजीनामा माग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय टिमले राजीनामा बुझाएपछि प्रसन्नता व्यक्त गरेका छन् ।

राजीनामा प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले आवश्यक परे सचिवालयका सदस्यहरुलाई फेरी बोलाउने संकेत गरेपछि फेरी पनि सचिवालयमा परिन्छकी भनेर आशावादी बनेका छन् । तर, स्रोतका अनुसार प्रधानमन्त्री ओली नयाँ टिम निर्माणको गृहकार्यमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका विषयमा ओली निकटका नेताहरुले पनि तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका थिए । सचिवालयकै कारण प्रधानमन्त्री ओली पहुँच बाहिर रहेको, नेताहरुले सहज भेटघाट गर्न नपाएको र सरकारले गरेका राम्रा कामहरुको पनि सकारात्क सन्देश प्रवाह हुन नसकेको भन्दै आलोचना भइरहँदा सचिवालय टिमको सामुहिक राजीनामा आएको छ ।

प्रधानमन्त्री ओलीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिएका हुन् । सचिवालयका एक सदस्यले १ मंसिरबाट लागू हुने गरी मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, विकास विज्ञ घनश्याम भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले हिजो (आइतबार) बिहान राजीनामा दिएको द नेपालटपलाई बताए ।

प्रतिक्रिया दिनुहोस्