पूर्वमन्त्री रुप ज्योतिको हिरातमै योगासन



काठमाडौं : ठगी आरोपमा पक्राउ परेका व्यवसायी रुप ज्योतिलाई पाँच दिनका लागि फेरि प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । यो आदेश दिंदाका बखत इजलासमा न्यायाधीशले ‘तपाईको केही भन्नु छ’ भनी प्रश्न गरेपछि उनले आफूमाथि व्ल्याक मेलिङ भैरहेको गुनासो गरेका थिए ।

ज्योतिले आफूमाथि लागेको ठगीको आरोप नियोजित भएको र ज्योति परिवारको इज्जत, प्रतिष्ठालाई अपहरण गरेर फिरौती माग्ने काम भइरहेकाले यस्तो दुःख दिने कामबाट अदालतले छुटकारा देओस् भनी विचार व्यक्त गरेका थिए ।

आइतबार म्याद थपका क्रममा ज्योति बाबु–छोरी अदालतमा उपस्थित गराइएका थिए । उनले आरोप लगाइएको ल्याण्डमार्क डेभलपर्स प्रालिको आफूहरु सञ्चालक त के शेयर सदस्यसमेत नरहेको दाबी गरेका थिए । यही कम्पनीबाट करिब पौने तीन करोड ठगी गरेको आरोपमा उनी र उनकी छोरी सुरुचीलाई गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

आफूहरुले आफ्नो विजनेस गरिरहेकाले आफूहरु विरुद्ध कसले के गरिरहेका छन्, त्यो थाह नहुने भन्दै देश–विदेश आउने जाने त विजनेसको काम नै भएकाले कतै भाग्न वा लुक्नका लागि यसो नगरिएको समेत् खुलासा गरे । उनले यस्तो अवस्थामा अनाहकमा किन थुन्नु परेको भनी प्रतिप्रश्न पनि गरेका थिए ।

उनले थपेका थिए, यदि ज्योति परिवारले ठगी गरेको ठहर गरिन्छ भने मुद्दा लागेका ११ जनाको दामासाहीमा ज्योति परिवारको भागमा १० लाख रुपैयाँ पर्छ,योभन्दा बढी रकम अदालतमै छ । सत्य तथ्यको खोजी भएन भने नागरिकको न्याय र सुरक्षा कुन निकायबाट हुन्छ, उनको प्रश्न थियो ।

थप अनुसन्धान आवश्यक पर्छ भने प्रहरीले कल डिटेल बुझेर न्यायालयमा दिनसक्ने उनको दाबी थियो । ज्योतिका तर्फबाट बोल्ने वकिलले उनलाई हिरासतमा नराखी साधारण तारेखमा छाड्न बहस गरेका थिए । वकिलको तर्क थियो– ज्योतिले कल डिटेल मगाउने कुरा, बैंक खाता र ल्याण्डमार्क कम्पनीको विस्तृत विवरण माग्ने कुरा रोक्न नसक्ने र भागेर पनि कतै जान नसक्ने अनि पैसा पनि अदालतमै भएको हुँदा थुनी अनुसन्धानको कुनै औचित्य रहेको देखिदैन ।

तर ज्योतिलाई प्रहरीले माग गरेको थप ७ दिने हिरासत बसाइबाट २ दिन घटाएर अदालतले ५ दिनका लागि थुनी अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्