शिवमायालाई मन्त्री दिँदा मुख्यमन्त्रीहरु ‘डेन्जर जोन’ मा



काठमाडौ : गएको भदौदेखि मन्त्रीमण्डल पुर्नगठन हुने चर्चा चल्दै आएपनि सरकार गठन भएको २१ महिनापछि अहिले आएर मन्त्रीमण्डल पुर्नगठन गर्ने विषय टुङ्गोको नजिक पुगेको छ ।

मन्त्रीमण्डल पुर्नगठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुसँग घनिभूत छलफल चलाउँदै आएका छन् । हिजो (आइतबार) अपराह्न पनि नेताहरुसँगको छलफल प्रधानमन्त्री ओलीले गरेका थिए । त्यसपछि मन्त्रीमण्डल पुर्नगठन लगायत पार्टी एकता प्रकृयाको बाँकी काम टु्ग्याउन आज सोमबार सचिवालय बैठक बोलाएको हो ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हिजो अर्का पार्टी अध्यक्ष प्रचण्डसँग यस विषयमा घनिभूत वार्ता गरेका थिए । बालुवाटार श्रोतका अनुसार करिब ३ घण्टा चलेको दुई अध्यक्षबीचको वार्तामा मन्त्रीमण्डल पुर्नगठन गर्ने विषयमा सहमति जुटेको बताइन्छ । उच्च श्रोतका अनुसार दुई अध्यक्षबीच कामभन्दा कुरा धेरै गर्ने प्रदेश मुख्यमन्त्रीहरुको विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले केही प्रदेश मुख्यमन्त्रीहरुको कार्यशैलीबारे असन्तुष्टि जनाउदै परिवर्तन गर्ने चाहना व्यक्त गरेका थिए ।

यस विषयमा अध्यक्ष प्रचण्ड पनि सकारात्मक रहेको बताईन्छ । त्यसैगरी उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई उपसभामुखबाट राजिनामा दिन लगाएर मन्त्री बनाउने सहमति पनि दुई अध्यक्षबीच बनेको छ ।

देशलाई समृद्धिको दिशातर्फ लैजानको लागि प्रधानमन्त्री ओलीले सबै सेट नै परिवर्तन गरी त्यही अनुसार अगाडी बढ्ने ईच्छा ब्यक्त गरेका छन् । परिणाममुखी नतिजा दिने गरी सरकारलाई नयाँ ढंगले अगाडी बढाउने सोच बनाएका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई सरकारलाई नयाँ गति दिन पनि मन्त्री हेरफेरको समय आएको र त्यसको तयारीमा आफू रहेको बताएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए ।

ओली ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा आएपछि उनको ठाउँमा भानुभक्त ढकाललाई ल्याइएको थियो । ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा योगेश भट्टराईलाई नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्