बिजुलीको पाेलमा ठाेक्किएर माेटरसाइकल दुर्घटना, एकको मृत्यु दुई गम्भीर घाइते



नेपालगन्ज :  बाँकेको नेपालगन्ज उपमहानगरपालिका २३ मा बिजुलीको पाेलमा ठाेक्किएर सोमबार मोटरसाइकल दुर्घटना भएकाे छ ।

 

दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेकाअनुसार सोमबार दिउँसो साढे २ बजेतिर नेपालगन्ज २३ हिरमिनियामा बा. ९९ प ४८० र भे ४ प २२९६ नम्बरका मोटरसाइकल सडक छेउको बिजुलीको पोलमा ठोक्किएका थिए ।

 

प्रहरीकाअनुसार दुर्घटनामा परेर बा. ९९ प ४८० का चालक २१ वर्षीय चक्रबहादुर शाहीको उपचारका क्रममा नर्सिङ होम नेपालगन्जमा मृत्यु भएको हो । मृतक चक्रबहादुर जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्र बहादुर शाहिका छोरा हुन् ।

 

दुर्घटनामा शुसान्त ठकुरी र हिमाल खड्का गम्भीर घाइते भएका छन् । प्रहरी स्रोतकाअनुसार मोटरसाइकलमा ३ जना सवार रहेका थिए ।

 

मृतकको शवलाई नर्सिङ होममा राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्