प्रमुख सल्लाहकारलाई राजदूत भन्दै अमेरिकामा चहलपहल



काठमाडौं : आफ्नो सचिवालयका कारण पार्टी भित्रैबाट चर्को आलोचना भएपछि सामूहिक राजीनामा दिन लगाएर प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला नयाँ टिम बनाउने गृहकार्यमा जुटेका छन् । नयाँ टिमले आउँदो मंसिर १ गतेदेखि कार्यभार सम्हाल्ने गरी योजना बनाइएको छ । यसै मूतावित अहिले काम गरिरहेका सल्लाहकार र सचिवालयका सदस्यहरुले मंसिर १ गते देखि लागू हुने गरी राजीनामा बुझाइसकेका छन् ।

राजीनामा बुझाएपछि प्रधानमन्त्री ओलीको किचन क्याविनेटका रुपमा रहेको सचिवालयमा नयाँ व्यक्तिहरुको इन्ट्रि कसरी हुन्छ र को–को बन्दैछन् भनेर कौतुहलताको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीको निर्देशनमा प्रधानमन्त्रीलाई सहयोग गर्न भन्दै सबै टिमलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश सुनाएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् । उनी निकट स्रोतका अनुसार रिमाल प्रमुख राजनीतिक सल्लाहकारमा दोहोरिने दाउमा छन् । त्यसोत अमेरिकाका लागि नेपाली राजदूत रहेका अर्जुन कार्कीले अमेरिकामा बसोबास गर्ने नेपालीहरुका बीचमा अब अमेरिकाको लागि नेपाली राजदूतका रुपमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल आउने खुलासा गरेका छन् ।

नेपाली समूदायबीच राजदूत कार्कीले नयाँ राजदूतका रुपमा रिमाल आउन लागेको बताउँदै आफू प्रधानमन्त्री ओलीको सल्लाहकार बन्न लागेको पनि जनाउ दिएका थिए । पदावधि सकिएर पनि कार्की अर्को व्यवस्था नहुनजेलसम्म राजदूतका रुपमा काम गर्न सरकारले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्