सडक किनारका रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ


डोटी : कैलालीको शहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म जोड्ने बोगटान सडक कालोपत्रको कार्यमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन ७ गते उक्त सडक कालोपत्रको शिलान्यास गरेका थिए ।

प्रधानमन्त्रीले कालोपत्रको कार्य शिलान्यास गरेसँगै उक्त सडक डबल कटिङ र पक्की नालीको निर्माण कार्य अघि बढेको थियो । नालीको काम सकिए पनि सडक किनारामा भएका रुख कटान गर्ने आदेश नपाउँदा अहिले आएर कालोपत्रको काममा ढिलाइ हुन थालेको सडक कालोपत्रको ठेक्का पाएको निर्माण कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेतले बताए ।

उनले भने, “अन्य काम सकेर हामी कालोपत्रको कार्यको थालनीमा छौँ तर सडक किनाराका रुख कटान गर्ने आदेश अहिलेसम्म आएको छैन, कसरी तोकिएको समयमा कामसक्ने चिन्तामा छौँ ।” कैलाली चुरे गाउँपालिका वडा नं २ मा रहेका वन क्षेत्रमा रुख कटानी आदेश नपाइएका कारण काम ढिलो भएको उनको भनाइ छ । रुख कटानी आदेश नपाइए कालोपत्र नहुने र फेरि स्थानीयवासीले धुले सडकमै असुरक्षित यात्रा गर्नुपर्ने स्थिति आउन थालेको कैलाली चुरे गाउँपालिका वडा नं २ का स्थानीय खेमबहादुर पातलीले बताए ।

उनले भने, “सडक कालोपत्र हुने भयो भनेर हामी खुशी थियौँ, रुख नकाटे कालोपत्र नहुने रे हामीलाई पो गाह्रो हुने भयो ।” उता सडक कालोपत्रको काम तोकिएकै समयमा हुनुपर्ने स्थानीयवासीको माग रहेको छ । कालोपत्रको काम आफूहरुबाट ढिलो नभई वातावरणीय प्रभाव मूल्याङ्कनको काम नटुङ्गिँदा काम गर्न ढिलाइ भएको निर्माता कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेत दाबी गर्छन् । उनी भन्छन्- “कालोपत्र हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर वन क्षेत्रमा पर्छ”, “इआइएको प्रतिवेदन नआएसम्म कटानी आदेश आउँदैन, त्यसैले काम हुन सकिरहेको छैन ।”

यतिमात्र नभई कालोपत्र हुने सडक किनारामा परेका घरजग्गाको मुआब्जाका विषयमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनुपर्ने अवस्था रहेको सम्पर्क प्रबन्धक बस्नेतले बताए ।

उनले भने, “सडकमा भएका ६० घरमा कसैको सिँढी, कसैको पाली, कसैको आँगन भत्काउनुपर्ने अवस्था छ”, “यस विषयमा अहिलेसम्म केही भएको छैन, मुआब्जा कसले दिने हो भन्ने पनि जानकारी छैन ।” उक्त सडकमा अहिले ३०० मजदूरले दैनिकरुपमा काम गरिरहेको र फेरि ४०० सय मजदूर थप्ने तयारी भइरहेको निर्माता कम्पनीले जनाएको छ । उक्त सडकको इआइएको काम छिट्टै टुङ्गिने सडक सुधार तथा विकास आयोजनाअन्तर्गतको सहजपुर–बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारीले बताइन् ।

उनले भनिन्, “इआइएको काम अन्तिम चरणमा पुगिसकेको छ, अब एक–दुई महिनाभित्रै अन्तिम प्रतिवेदन आइसक्छ ।” मुआब्जाको विषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको बैठक बसेर टुङ्ग्याउने उनले जानकारी दिइन् । कैलालीको शहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक–एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने प्रावधान रहेको छ । एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार ३१२ अमेरिकी डलर रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : स्थानीय तहको कर्मचारी सरुवामा सहमति जुटेको छ । जसअनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई

काठमाडौ : शनिबार मादक पदार्थ मापसे गरेर रत्नकुमार श्रेष्ठले भक्तपुर कागेश्वरी मनोहरा स्थित थलीमा ताण्डप

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन आज (मंगलबार) हुँदैछ । समापनको दिन

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको