उपनिर्वाचन : मकालुका सबै मतदान केन्द्र संवेदनशील


खाँदबारी : मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।

खाँदबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दुवै ठाउँमा निर्वाचन आयोगले ११ मतदानस्थल तोकेको छ । एघार मतदानस्थलमध्ये १० वटा सुरक्षाका हिसाबले संवेदनशील रहेको निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालले बताए । उनका अनुसार १० मतदानस्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका दृष्टिले १० मतदानस्थललाई संवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको उनले उल्लेख गरे ।

संवेदनशील मतदानस्थलमा नौ हजार एक मतदाता छन् भने १३ मतदान केन्द्र छन् । सङ्खुवासभा मकालु गाउ“पालिकाका १० वटै मतदानस्थललाई सुरक्षाका हिसाबले संवेदनशील मानिएको प्रजिअ दुलाल बताए । मकालुमा गाउँ अध्यक्ष र खाँदबारी–३ मा वडाअध्यक्षको पदका लागि उपनिर्वाचन मङ्सिर १४ गते निर्वाचन हुँदैछ । उपनिर्वाचन हुने मकालु गाउँपालिकामा नौ हजार एक तथा खाँदबारी नगरपालिका–३ मा एक हजार ८२२ मतदाता छन् । मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए ।

संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ दुलालको भनाइ छ । भौगोलिक विकटता, दलीय प्रतिस्पर्धा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य मतदानस्थलका रुपमा छुट्याइएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– संघीय संसदको जारी अधिवेशन अन्त्य गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ

काठमाडौं : बिहीबार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौंः आज (बिहीबार) कोरोना संक्रमितहरु ४ सय ७३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छिन् । उनले मन्त्रिपरिषदको सिफारिस

काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद राम नारायण बिडारीले सरकारसँग १० प्रतिशत पुनःकर्जा र ढुवानीमा भ्याट् छुट

काठमाडौं– मन्त्रिपरिषद बिहीबारको बैठकले संसदको वर्षे अधिवेशन आजै ५ बजेबाट अन्त्य गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रीपरिषद् बैठक

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले राष्ट्रको जिम्मेवारी लिएकाहरू

पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीवार बिहान थप

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको

काठमाडौं: हिन्दूवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारी