हत्यामा संलग्न रहेको आराेपमा दुईजना पक्राउ



सर्लाही : प्रहरीले हत्यामा संलग्न भएको आराेपमा दुईजनालाई पक्राउ गरेको छ । विलास महतोको हत्यामा संलग्न रहेको आराेपमा सर्लाहीको बरहथवा नगरपालिकाका धनेश्वर महतो र बागमती नगरपालिका-८ बस्ने रवीन्द्र महतोलाई पक्राउ गरेको हाे ।

 

पुस ६ गते बरहथवा नगरपालिका-५ हातिडण्डास्थित सेतो पुलनजिक ५० वर्षीय विलास मृत अवस्थामा भेटिएका थिए ।

 

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले यी दुईलाई पक्राउ गरी थप अनुसन्धान एवंम् कारबाही अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्