बंगलादेशका राष्ट्रपति हमिदको स्वागतमा सजाइयो काठमाडौंका सडक



काठमाडौं : बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौंको सडक चिटिक्कै पारेर सजाइएको छ । उनी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागको हुन् ।

जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भोली (मंगलबार) काठमाडौं आउने कार्यक्रम रहेको परराष्टमन्त्रालयले जनाएको छ ।

राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म तिनदिने औपचारिक भ्रमणमा रहनेछन् । भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता हुनेछ ।

यस्तै तीन दिने नेपाल भ्रमणमा रहेको बेला राष्ट्र पति हमिद पोखरा तथा काठमाडौंका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्