हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा



एजेन्सी : शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन् । ती भारतीय शिखहरु सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि दुई देशबीचको ऐतिहासिक सम्झौताअनुसार आफ्नो धर्मको सबैभन्दा पवित्र स्थलमा पुगेका हुन् ।

शिख धर्मका संस्थापक गुरु नानकको तीर्थस्थल भारत–पाकिस्तान सीमाबाट चार किलोमिटर भित्र पाकिस्तानमा रहेको एउटा सानो शहर कर्तारपुरमा अवस्थित छ । यस स्थानमा गुरु नानकको मृत्यु भएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कर्तारपुर भ्रमणका लागि भारतीय शिखलाई पाकिस्तान आउन निःशुल्क प्रवेशाज्ञा दिने घोषणा गरेका थिए । यस घोषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको संवेदनशीलतालाई बुझी प्रधानमन्त्री खानले गरेका सहयोगकाे लागि धन्यवाद दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्