चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे


एजेन्सी : चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए । चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन् ।

ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ । अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामान बिक्री भएका थिए । अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेट अघि नै अलि–पे मार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुङ्ग्याएको जनाएको छ ।

अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ । अलिबाबाले चीनमा यस किसिमको खरिद दिनको आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यस कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ ।

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ । एक दिने खरिद अर्थात् “११.११” (नोभेम्बर ११) भनिने यस दिनलाई चिनियाँ “अविवाहित” (सिङ्गल्स) को दिन पनि भनिन्छ । यस कार्यक्रमका अवसरमा व्यापारिक शहर शाङ्घाईमा विशेष समारोह आयोजना गरिएको थियो ।

मध्यरातबाट शुरु हुने यस खरिदको शुभारम्भ अमेरिकी ग्रामी अवार्ड बिजेता कलाकार टेलर स्वीफ्टले विशेष समारोहबीच गरेका थिए । गत वर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्लेटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो । तर अघिल्लो वर्षको तुलनामा व्यापारमा सामान्य मन्दी आएको छ ।

अमेरिकामा सूचीकृत अलिबाबाले यसै महिनाको शुरुमा कम्पनीको बिक्री निकै बलियो देखिएको छ, तर कम्पनीको समग्र वृद्धि भने झण्डै ४० प्रतिशतले घटेको छ । तर यस वर्षको “सिङ्गल्स डे” कार्यक्रम पहिलोपटक अलिबाबाका सहसंस्थापक ज्याक माको अनुपस्थितिमा सम्पन्न भएको थियो । ज्याक माले गत सेप्टेम्बरमा अलिबाबा समूहको नेतृत्वबाट राजिनामा दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रुपन्देही कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । गत २४ घण्टामा थप

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।काठमाडौं उपत्यका लगाएत

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधामः महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरका राजकिशोर महतो र उनकी श्रीमति गंगादेवी पहिलो सन्तानको प्रतिक्षामा थिए

काठमाडौं : शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ

अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिबिना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र

काठमाडौँ : टीकापुर हत्याकाण्डका मुख्य आरोपी रहेका कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई वीर अस्पताल