प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु



सुर्खेत : पश्चिम रुकुमको चौरजहारीमा कर्णाली प्रदेशस्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट संघ रुकुमको आयोजनामा मंगलबारदेखि कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको हो । 

प्रदेशकै ठूलो धनराशिको क्रिकेट प्रतियोगिताको मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे । पुस १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कर्णाली प्रदेशका सात जिल्लाका टोली सहभागी छन् । 

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेतालाई एक लाख र उपबिजेतालाई ६० हजार नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रियस्तरमा खेलेका खेलाडीको पनि सहभागिता छ । 

प्रतियोगिता उद्घाटनपछि मुख्यमन्त्री शाहीले प्रदेश सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताए । उनले खेललाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । 

खेल स्वास्थ्य, मनोञ्जन र प्रतिस्पर्धाका लागि मात्र नभई आर्थिक विकासको समेत आधार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्