हत्या आरोपी १७ वर्षपछि पक्राउ


काठमाडौं : प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् ।

विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । घटनापछि गोम वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटस् (युएई)मा तीन वर्ष बसी फर्केका व्यक्ति हुन् ।

पछिल्लो समय उनी काठमाडौँमा आएर कृषि फार्म तथा घर जग्गाको व्यवसाय गर्दै आएका थिए । यस्तै सुक कतार तथा मलेसियामा छ वर्ष बसेर मूलपानीमा होटल सञ्चालन गरी लुकीछिपी बस्दै आएको ब्यूरोले जनाएको छ ।

ब्यूरोको महारागजञ्जबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाबाट आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)का कारण विदेशमा १ सय ३० जना नेपाली नागरिकले ज्यान गुमाएका छन्

हेटौंडा : मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष

काठमाडौं : लकडाउन उल्लंघन गरेको भन्दै महानगरी ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ३

काठमाडौं : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण लामो समयदेखि

पोखरा : गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं: यौनशोषणको आरोपमा युट्युवर अर्जुन शिवाकोटी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी

काठमाडौं : सोमबार काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : कोभिड–१९ र लकडाउन पछि नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पेशागत सुरक्षा अत्यन्तै

काठमाडौं : नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

कपिलवस्तु : प्रदेश ५ को कपिलवस्तुमा सलह किराको नयाँ झुन्ड देखिएको छ । सोमबार दिउँसो

काठमाडौं : ललितपुरको खोकनामा स्थानीवासी र प्रहरीबीच सामान्य झडप भएको छ । सोमबार बिहान खेतमा

वीरगञ्ज : पर्साको पशु सेवा केन्द्र विगत एक वर्षदेखि बन्द हुँदा गोठको रुपमा परिणत भएको