वेवारिसे पुरुषको शव फेला



सुनसरी : ईटहरी उपमहानगर २० तरहरास्थित पानीपिया जंगलमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

करिब करिब ३५–४० वर्षको निलो सेतो कोठे सर्ट र कालो कपडाको पाइन्छ लगाएको, कपाल मुण्डन गरेको, दाहिने हातको नाडीमा रुद्राक्षको मालालगाएको उचाई ५ फिट ५ इन्च उचाइ रहेको अनुहारको भाग सडी नचिनिने अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय ईटहरीका सूचना अधिकृत एवं प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठले बताए ।

उनका अनुसरा पुरुषको शव हेर्दा तराई मुलका जस्तो देखिएको छ । मृतको शव पोष्ट मार्टमको लागि विपि स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ । साथै मृतको शव धोपाको शव गृहमा राखिएको समेत उनले बताए ।

मृतको पुरुषको हालसम्म सनाखत हुन नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्