दराज अनलाइनविरुद्ध ठगी उजुरी


काठमाडौँ : अनलाइन सपिङ कम्पनी दराज विरुद्ध ठगीको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले छानबिन सुरु गरेको छ । दराजमार्फत् एकथोक सामान अर्डर गर्दा अर्कै सामान आइपुग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरेको विभागले जनाएको छ ।

विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पुर्जी काटेको थियो। ‘उजुरी परेपछि अनुगमन गरेका थियौ,’ विभागका अनुगमन शाखा अधिकृत रमेशकाजी श्रेष्ठले भने, ‘पहिलो चरणमा २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दियौ।’ दोस्रो चरणमा कम्पनीको कागजपत्र अध्ययन गर्ने उनले बताए।

विभागका निमित्त महानिर्देशक नोखबहादुर बस्यालका अनुसार दराज विरुद्ध कात्तिक २१ गते उजुरी परेको थियो। उजुरीकर्ताले मिनीफोकस ब्राण्डका घडी अर्डर गर्दा फ्रोस ब्राण्डको घडी आइपुगेको उजुरीमा उल्लेख गरेका छन्। सोही उजुरीको आधारमा विभागले छानबिन अघि बढाएको हो। दराजका प्रतिनिधि आइतबार विभाग आएर विभागका अधिकारीहरुसँग छलफल गरेका थिए।

‘सामान फरक भन्ने उजुरीकै आधारमा अनुगमन भएको छ, पहिलो चरणमा आइतबार छलफल पनि भयो,’ निमित्त महानिर्देशक बस्यालले भने, ‘अहिले अध्ययनको क्रममा छौं। कैफियत भेटिए कारबाही हुन्छ।’

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलका अनुसार आइतबार छलफलको क्रममा दराज सिंगापुरका प्रतिनिधि, काठमाडौका प्रमुख फाइनान्स म्यानेजर लगायतको उपस्थिति थियो। त्यसक्रममा दराजका प्रतिनिधीले कम्पनीको मुख्य तीन उद्देश्य रहेको बताएका थिए।

‘कम्पनीको उद्देश्य अनलाइन विज्ञापन, सफ्टवेयर डेभलपमेन्ट र कार्गो सर्भिस हो भन्ने दाबी गरेका छन,’ पोखरेलले भने। छलफलको क्रममा दराजका प्रतिनिधीले दराज विक्रेता नभई सहजकर्ता मात्रै भएको बताएका थिए। कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं: हिन्दूवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारी

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ५३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ

काठमाडौं– नेपालमा बुधबार ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

जनकपुरधाम : कोरोनाभाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट नागरिकलाई बच्न र बचाउन थप सर्तकता अपनाइएको छ

काठमाडौं– प्रतिनिधि सभाको आज बुधबारको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । पाचौं दिनको बैठक

चितवन : चितवनमा बुधबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा

पोखरा : गण्डकी प्रदेशमा बुधबार बिहान थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : शनिबार भारतबाट प्रवेश गरेको सलह किरा नेपालको ५२ भन्दबढी जिल्लामा फैलिएको छ ।

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्यमा ५ रुपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल

काठमाडौंः काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनाबारे आएका समाचारबारे आफू सचेत रहेको जनाएको

काठमाडौं : नेपालमा मंगलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य