रवी ओडलाई सम्मान गर्नेकाे लर्काे



कञ्चनपुर : गृहनगर पुगेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको जिल्लाका बिभिन्न ठाउँमा आज भव्य स्वागत गरिएको छ । 

 

विजेता बनेर पुगेका ओडलाई स्थानीय प्रशंसकले बाजागाजासहित काँधमा उठाएर शुक्लाफाँटा नगरपालिकाको झलारीमा परिक्रमा गराएका थिए । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ओडलाई नगरप्रमुख दिलबहादुर ऐरले दोसल्ला ओढाएर सम्मान गरे । 

कार्यक्रममा नेपाल आइडल सिजन २ का विजेता ओडले कुनै पनि प्रतियोगिता जित्नका लागि कसैको साथ चाहिने भएकाले त्यो साथ यहाँका जनताले दिएको गरे । यसैगरी मंगलबार नै भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले समेत भीमदत्तनगरमा आयोजित कार्यक्रममा विजेता ओडलाई सम्मानपत्रसहित सम्मान गरे । 

 

महेन्द्रनगर बजारमा आयोजित सम्मान कार्यक्रममा ठुलो सङ्ख्यामा समर्थकको उपस्थिती रहेको थियो ।  यसअघि सोमबार प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पनि उनलाई सम्मान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्